जिम्मेवारी अनुसारको काम गर्न प्रहरीलाई मन्त्री पौडेलको निर्देशन

काठमाडौं । गृह मन्त्रालयको पदभार गर्न गरेपछि मन्त्री विष्णुप्रसाद पौडेलले जिम्मेवारी अनुसारको नतिजामूलक काम इमानदारीता पूर्वक गर्न आज प्रशरी प्रशासनलाई निर्देशन दिनुभएको छ । प्रहरी, प्रशासनको कुनैपनि काममा आफू र मन्त्रालयका सचिवले हस्तक्षेप नगर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

संवैधानिक, कानूनी र स्थापति व्यवस्था तथा प्रणाली अनुसार आ–आफ्ना दायित्व र जिम्मेवारीका काम सबैले इमानदारितापूर्वक गर्न स्वतन्त्र रहेको र यसमा कसैले हस्तक्षेप नगर्ने मन्त्री पौडेलको भनाईै थियो ।

सुरक्षा निकायका प्रमुखहरुले स्वतन्त्रता पूर्वक आ–आफ्नो दायित्व र जिम्मेवारी निर्वाह गर्नुहुने भएकाले कुनैपनि प्रहरी तथा कर्मचारीलाई सरुवा, बढुवा र थमौतिका लागि सिफारिस लिएर नआउन उहाँले निदेृशन दिनुभयो । उहाँले जस्तोसुकै परिस्थिति र व्यक्तिको प्रभावमा नपरी इमानदारितापूर्वक काम गर्नसमेत निर्देशन दिनुभयो ।

Back to top button