बालसुधार गृहको तीन तलामाथिबाट हाम फालेर तीन जना फरार

विराटनगर । विराटनगरस्थित बालसुधार गृहबाट तीन जना शुक्रबार राती फरार भएका छन् । संखुवासभा, उदयपुर र ओखलढुंगाका तीनै जना बालविज्याइँकर्ताहरुले बालसुधार गृहको तेस्रो तलाबाट हामफालेर भागेका हुन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले दुई जना जबरजस्ती करणी र एक जना विष्फोटक पदार्थसम्बन्धी मुद्दामा बालसुधार गृहमा बस्दै आएको अवस्थामा रातीको समयमा हामफालेर भागेको बताउनुभयो ।

‘केही समय अगाडि कोरोना संक्रमित भएका २२ जना बालविज्याइँकर्तासँग तेस्रो तलामा बस्दै आएका ४ जनाले हामफालेर भागेका छन्,’ उहाँले भन्नुभयो, ‘भागेकामध्ये झापा घर भएका १ जना घाइते भएकाले पक्राउ परेको तर ३ जना भाग्न सफल भएको छ ।’ तीनै जनाको प्रहरीले खोजी गरिरहेकाले चाँडै पक्राउ पर्ने प्रजिअ निरौलाको भनाई छ ।

भाग्दाभाग्दै पक्राउ परेका झापा घर भएका बालविज्याइँकत्र्ता बालकलाई अदालतले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकेको छ ।

यस्तै, फरार भएका दुई जनामध्ये एक जनालाई जबरजस्ती करणी मुद्दामा ५ वर्ष तोकिएको सजया २०७९ सालमा भुक्तान भएर छुटने समय भएको प्रजिअ निरौलाले बताउनुभयो । अर्को एक जना १२ वर्ष कैद सजाय भएर बालसुधार गृहमा राखिएको थियो । फरार भएका अर्को एक जना बालक विष्फोटक पदार्थसम्बन्धी मुद्दामा पूर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएपछि बालसुधार गृहमा राखिएको उहाँले बताउनुभयो ।

चारै जना योजना बनाएरै भागेको बालसुधार गृह प्रशासनले जनाएको छ । बालसुधार गृहको सुरक्षामा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १० जना प्रहरी खटिएको अवस्थामा चारै जना हामफालेर भागेको घट्ना संशास्पद छ । प्रमुख जिल्ला अधिकारी निरौलाले फरार भएकाहरु प्रहरीसँगको सेटिङ्गमा भागेको नदेखिएको तर अनुसन्धान भइरहेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय मोरङका निमित प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले घट्नाको बारेमा बिभिन्न दृष्टिकोणबाट अनुसन्धान भइरहेको र अनुसन्धानपछि सत्यतथ्य बाहिर आउने बताउनुभयो ।

५० जना क्षमताको बालसुधार गृहमा अहिले १ सय ९५ जना बालविज्याइ“कर्ता बालक बिभिन्न मुद्दामा कैद सजया पाएकार र पुर्पक्षका लागि थुनामा राख्ने आदेशपछि बसिरहेको प्रजिअ निरौलाले बताउनुभयो ।

Back to top button