मुलुकभरि संक्रमित भएकामध्ये दोब्बर संक्रमणमुक्त

काठमाडौं । मुलुकभरि आज संक्रमित भएकाामध्ये संक्रमणमुक्त हुने संख्या दोब्बर पुगेको छ । आज २ हजार १६ जना संक्रमित हुँदा ४ हजार ९ सय १४ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या मुलुकभरि निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ९ हजार ८१० जनाको स्वाब परीक्षण गर्दा २ हजार १६ जनाको रिपोर्ट पोजिटिभ आएको छ । देशभर कोरोना संक्रमित हुनेको संख्या पिसिआर परीक्षणमा ६ लाख ३२ हजार ३२६ र एन्टिजेन परीक्षणमा ३१ हजार ५३१ पुगेको छ ।

Back to top button