सहारा नेपालद्वारा चार वटा स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण

विराटनगर । सहारा नेपालले फेयरमेड नेपालको साझेदारीमा मोरङका सीमावर्ति चार वटा स्थानीय तहलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । रतुवामाई नगरपालिका, सुनवर्सी नगरपालिका, धनपालथान गाँउपालिका र कटहरी गाँउपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

सहारा नेपालका अनुगमन अधिकृतद्वय ओम प्रकाश साह र रतन तिम्सीनालगायतका कर्मचारी टोलीले चार वटै स्थानीय तहका प्रमुख तथा अध्यक्षहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ ।

प्रत्येक स्थानीय तहलाई अक्सिमिटर ८ थान, मेडिकल फेस माक्स १ हजार ३०० थान, डक्टर ग्लोबस ६० थान, फेस सिल्ड २०० थान, सेनिटाईजर २० लिटर, डिस्पोजेबल ग्लोबस २०० र पिपिई सेट २० थानलगायतका सामग्री हस्तान्तरण गरेको साहले बताउनुभयो ।

Back to top button