प्रदेश १ मा ९५४ संक्रमणमुक्त, २२७ थपिए

विराटनगर । प्रदेश १ मा आज ९५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४१७ महिला र ५३७ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६० हजार ३६९ पुगेको छ ।

प्रदेश १ मा आज २२७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १०७, मोरङमा ७८, झापामा २८, धनकुटा र उदयपुरमा ३–३, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ७१, सुनसरीमा २७, रामधुनी र दुहवीमा ३–३, बराहक्षेत्र, इनरुवा र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ४१, पथरीशनिश्चरे र केराबारीमा १३–१३, मिक्लाजुङ र रतुवामाईमा ३–३, सुनबर्षीमा २, धनपालथान, बेलबारी र सुन्दरहरैचामा १–१ जनामा संक्रमण पुष्ठि भएको हो ।

झापाको दमकमा ९, भद्रपुरमा ८, हल्दिबारी, मेचीनगर र विर्तामोडमा ३–३, अर्जुनधारा र बाह्रदशीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २ र छथरमा १, उदयपुरको बेलका, उदयपुरगढी र स्थानीय तह नखुलेका १–१, तेह्रथुममा १ र र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७० हजार १९१ पुगेको छ । सक्रिय संक्रमितको संख्या ८ हजार ६४९ रहेको छ । प्रदेश १ मा आज ६६० जनाको पीसीआर परीक्षण गरिएको छ ।

Back to top button