दुर्घटना न्यूनीकरणका लागी चरिकोट बजारका मुख्य सडकमा डिभाइडर

सुजन काफले
दोलखा। सडक दुर्घटना न्यूनीकरणका लागी दोलखा सदरमुकाम चरिकोट बजारका सडकमा डिभाइडर राखिएको छ।
चरिकोट बसपार्क देखि सातदोबाटो चोक हुँदै बजारका मुख्य सडकहरुमा ९० वटा डिभाइडर राखिएको हो।
बजार क्षेत्रलाई ब्यवस्थित बनाइन डिभाइडर राखिएको ट्राफिक कार्यालय दोलखाका प्रमुख भानुभक्त नेपाल बताउँछन ।

ट्राफिक अनुशासन कायम राख्न तथा ट्राफिक व्यवस्थापनमा सहज बनाउन बजार क्षेत्रका मुख्य सडकमा डिभाइडर राखिएको हो ।
डिभाइडरले लेन अनुशासन कायम राख्ने बिश्वास गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

हिलटेक कम्पनीले निर्माण गरेको सडक डिभाइडरको ट्राफिक प्रहरी कार्यालय दोलखाको बिशेष पहलमा राखिएको हो भने सडक डिभाइडरको ब्यवस्थापन सडक डिभिजन दोलखाले गरेको थियोे । अहिले ९० वटा डिभाइडर राखिएको र भविष्यमा थप डिभाइडर राखिने योजना रहेको ट्राफिक कार्यालय जनाएको छ

हिलटेक कम्पनीले बनाएको डिभाइडरमा एउटमा २ सय लिटर पानी राख्न मिल्छ । पानी हाल्दा प्लास्टिकको डिभाइडर गरुङगो हुन्छ जसले डिभाइडरलाई अयन्त्र सार्न वा लैजान गार्हो हुन्छ ।

बजारका साइडमा मोटरसाइकल तथा अन्य सवारी साधनको एकतर्फी मात्र पार्किङ गर्न पाइने भएको छ।

 

 

Back to top button