युरोकप फुटबल : डेनमार्क क्वाटर फाइनलमा प्रवेश

काठमाडौं । युरोकप २०२० मा डेनमार्कले वेल्सलाई ४–० ले पराजित गर्दै क्वाटर फाइलन यात्रा तय गरेको छ । युरोकपको ४ खेलमा सुरुवाति दुई खेलमा पराजित डेनमार्क पछिल्लो दुई खेलमा लगातार ४–० ले जित हात पार्दै क्वाटर फाइनलको यात्रा तय गरेको हो ।

नेदरल्याण्ड्सको आम्सटरडमस्थित योहान क्रुफ एरेनामा गएराती सम्पन्न खेलमा क्यास्पर डोलबर्गले गरेको दुई गोलमा डेनमार्क क्वाटर फाइलनलको यात्रा सुनिश्चित गरेको छ ।

युसुफ पउलसेन चोटका कारण बाहिरिएपछि खेलमा प्रवेश पाएको डोलबर्गले खेलको २७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । खेलको ४८ औं मिनेटमा डोलबर्गले अर्को गोल थपेका थिए । डेनमार्कका योकिम माहेले र मार्टिन ब्रेथवइटले समान १–१ गोल गरेका थिए ।

डेनमार्कले नेदरल्याण्डस र चेक रिपब्लिकाबीचको खेलको बिजेतासँग सेमिफाइनलको यात्राका लागि प्रतिस्पद्र्धा गर्नेछन् ।

Back to top button