धनकुटामा सवारी दुर्घटना ९ जना घाइते

धनकुटा । धनकुटा नगरपालिका–९ स्थित गोलाइमा भएको सवारी दुर्घटनामा ९ जना घाइते भएका छन् । घाइते हुनेहरूमा स्वास्थ्य कार्यालय धनकुटा सवारी चालक शिवबहादुर खड्का, स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसीप्रसाद गुरागाँई हुनुहुन्छ । यस्तै, नेपाली सेनाका सात जना पनि दुर्घटनामा घाइते भएका छन् ।

घाइते चालक खड्कालाई धनकुटा जिल्ला अस्पतालमा उपचारका लागि लगिएको छ । नेपाली सेनाका ५ जना गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट लगिएको छ ।

हिले बाहिनीबाट बन्दोबस्तीका सामान बोकेर विराटनगर जाँदै गरेको गाडी र स्वास्थ्य कार्यालय धनकुटाको धरानबाट स्वास्थ्य सामग्री लिएर धनकुटा आउँदै गरेको जीप धनकुटा नगरपालिका–९ मुलघाट नजिक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

नेपाली सेनाका दुई जना र स्वास्थ्य कार्यालय धनकुटाका चालक, कार्यालय प्रमुख गुराँगाई सामान्य घाइते हुनुभएको छ ।

Back to top button