प्रदेश १ मा ९ सय ३७ जना कोरोना संक्रमणमुक्त, ३ सय ३९ जना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ९ सय ३७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४ सय ५३ जना महिला र ४ सय ८४ जना पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६१ हजार ३ सय ६ पुगेको छ ।

प्रदेश १ मा आज ३ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय १२, सुनसरीमा ९७, झापामा ८१, उदयपुरमा १०, संखुवासभामा ८, इलाममा ६, भोजपुरमा ३, धनकुटामा २, ताप्लेजुङ, खोटाङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७० हजार ५३० पुगेको छ । सक्रिय संक्रमितको संख्या ८ हजार ३७ रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

Back to top button