ढुंगाले हानेर छोराले गरे बुवाको हत्या

विराटनगर । सुनवर्षी नगरपालिका ४ मा घरायसी विवाद हुँदा छोराले ढुंगा प्रहार गरी बुवाको हत्या गरेको छ । स्थानीय ४० वर्षीय दयालु ताजपुरियाले ६८ बुवा वर्षीय टिनताल ताजपुरियाको हत्या गरेको हो ।

मादक पदार्थ सेवन गरेको विषयमा भएको सामान्य विवादमा दयालुले ओछ्यानमा सुतिरहेको बुवाको टाउँकोमा ढुंगा प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी मोरङका प्रहरी नायब उपरीक्षक मन्जिल मुकारुङले बताउनुभयो ।

ढुंगा प्रहारबाट घाइते टिनतालको कोशी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो तर अस्पतालले उपचार सम्भव नभएपछि रेफर गरेपछि परिवारजनले आर्थिक अभावमा घरै फकाएर लगेको उहाँको आइतबार मृत्यु भएको मुकारुङले बताउनुभयो । दयालुलाई इलाका प्रहरीले नियन्त्रणमा लिई घट्नाको अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

Back to top button