इटहरी उपमहानगरमा कौशी खेतिका लागि भर्चुअल तालिम

सुनसरी । इटहरी उपमहानगरले कोशी खेतिका लागि भर्चुअलमाध्यमबाट तालिम सुरु गरेको छ ।

कोरोना संक्रमणले भौतिक उपस्थितिमा सम्भव नभएपछि भर्चुअलमाध्यमबाट सुरु गरेको सात दिने तालिममा सात वटा समूहका १ सय ३४ जनाको सहभागिता रहेको उपमहानगरका कृषि शाखा प्रमुख गंगामाया अधिकारीले बताउनुभयो ।

इटहरी वडा २०, ४ र ६ नम्वर वडामा आफनै घरमा कौशी खेति गर्नका लागि समूह वनाएका सात वटा समूहका महिलाहरुलाई अधिकारी र विमला राईले तालिम दिनुभएको हो ।

तालिममा सहभागी इटहरी ६ को उर्जाशील कौशी कृषक समूहकी लक्ष्मी वरालले घरमै वसिवसि तालिममा सहभागि भएर कौशी खेति गर्ने तरिका सिक्न पाँउदा आफनो समूहका सदस्यहरु खुशी भएको बताउनुभयो ।

घरको छतमै अग्र्यानिक सागसब्जी फलाएर उपभोग गर्ने सीप प्राप्त भएको उहाँको भनाई थियो । कौशी खेतिका लागि आवश्यक समाग्री खरिदका लागि उपमहानगरले अनुदान उपलब्ध गराउने छ । थप एक लाखको कौशी खेतिका लागि विउ खरिद गरेर कृषि महिला समूहलाई दिनइने अधिकारीले बताउनुभयो ।

Back to top button