शेखर कोइरालाद्वारा पौडेललाई सभापतिमा सघाउन आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा सघाउन पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गर्नुभएको छ । पौडेल निवासमा गएर कोइरालाले सभापतिमा सघाउन आग्रह गर्नुभएको हो ।

पौडेलले उल्टै अन्तिम पटकका लागि सभापतिमा सघाउन कोइरालालाई आग्रह गरेको थियो । त्यसपछि कोइरालाले आफूलाई सभापति सघाउन र आफूले प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको स्रोतले जनाएको छ ।

Back to top button