
सुनसरी । इटहरी उपमहानगरपालिकाले माहुरी मालक किसानहरुलाई ६१ वटा घार वितरण गरेको छ ।
उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले वडां २, ३ र ४ का माहुरी पालक किसानहरुलाई घार हस्तान्तरण गर्नु भएको हो । माहुरी पालक किसानहरुलाई प्रोत्साहन गर्नका लागि घार वितरण गरेको प्रमुख चौधरीले बताउनु भयो ।
उपमहानगरले ७५ प्रतिशत अनुदानमा माहुरी पालक किसान र समूहलाई घार वितरण गरिएको उपमहानगरकी कृषि शाखा प्रमुख गंगामाया अघिकारीले बताउनु भयो ।