
जनकपुर । प्रदेश २ को प्रदेशसभा सचिवालयले प्रदेशसभा सदस्यहरुलाई एसएमएस पठाएर प्रदेशसभा बैठक स्थगित गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले प्रस्तुत गरेको बजेटमाथिको छलफलको कार्यसूचीसहित दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरेको हो ।
प्रदेशसभा सचिवालयले एसएमएस पठाएर प्रदेशसभा स्थगित गरे पनि कारण भने खुलाएको छैन ।