
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले मुलुकको राष्ट्रिय राजनीति अनावश्यक ध्रुवीकरणतर्फ लग्ने प्रयास भइरहेको बताउनु भएको छ । अदालतको फैसलाले देश चलाउन खोज्नेहरुले मुलुकलाई अन्यौलतातर्फ लगिरहेको उहाँले आरोप लगाउनु भयो ।
निर्वाचनमार्फत आउने ताजा जनादेशलाई सहज रुपमा स्विकार नगरी प्रत्येक विषय अदालतमा लगेर थुपार्ने गरेको उहाँको भनाई थियो । अदालतको फैसलाले मुलुक चलाउन खोज्ने नेताहरुको व्यवहारले जनता निरास बन्नुको साथै मुलुकमा अन्यौलता, विभाजन र अनावश्यक ध्रुवीकरण भइरहेको ज्ञवालीको भनाई थियो ।