लागूऔषधसहित चार जना पक्राउ

विराटनगर । बेलबारी नगरपालिकाबाट लागूऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बेलबारी १ का २५ वर्षीय रिकल कोईराला, २४ वर्षीय केशव गुरुङ, २७ वर्षीय विशाल
गुरुङ र ३५ वर्षीय सुरज गुरुङलाई पक्राउ गरेको हो ।

बेलबारी १ स्थित माछा हटियामा चेकजाँच गर्ने क्रममा को१७प ४७२ र को३०प ५६१ नम्बरको मोटरसाइकलमा आएका उनीहरुले कालो झोलामा सेतो टेपले बेरिएका डाइजेल्याब १७ एम्पुल, फेनार्गन १७, एभिल १७ र लुपिजेसिक १७ गरी कूल ६८ एम्पुल लागूऔषध बराम भएको जिल्ला प्रहरी मोरङले जनाएको छ ।

Back to top button