कांग्रेस महाधिवेशन : पौडेल समूहका नेताहरुको शशांक निवासमा बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरुको अहिले महामन्त्री शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा बसिरहेको छ ।

बैठकमा नेता पौडेल, महामन्त्री कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. रामशरण महत, डा. मीनेन्द्र रिजाल, डा. शेखर कोइरालालगायत सहभागी छन् ।

पार्टीको १४ औं महाधिवेशनको विषयमा उम्मेदवार छनौटका साथै आवश्यक रणनीति बनाउन बैठक बसिरहेको एक नेताले बताउनुभयो । यसअघि नेता त्रेयपुत्र शशांक, प्रकाशमान र उपसभापति बिमलेन्द्र निधीको पटक पटक लञ्च बैठक भइसकेको छ ।

नेता त्रेयपुत्र एक ठाउँँ भएर घनिभुत छलफलमा जुटेको बेला पौठेल समूहको बैठक अर्थपुर्ण मानिएको छ ।

Back to top button