
विराटनगर । प्रदेशसभा सदस्य विन्दिया कार्कीको छोरा रविन सिंह कार्की सवारी दुर्घटनामा मुद्दामा पुर्पक्षका लागि आज मोरङ कारागार चलान भएको छ ।
मोरङ जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको एकल इजलाशले कार्कीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिनुभएको हो ।
गत जेठ २० गते राति प्रदेशसभा सदस्य कार्कीले प्रयोग गर्दै आएको प्रदेश३–०१–००२च २१३९ नम्बरको कारले ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्मालाई ठक्कर दिदा मृत्यु भएको थियो । उक्त दुर्घटनामा कटहरी गाउँपालिका २ का २७ वर्षीया राजकुमार राजवंशी घाइते भएका थिए ।