गुडिरहेको एम्बुलेन्समाथि पहिरो खसेर बिरामीको मृत्यु, चालक घाइते

पोखरा । कास्कीको मादी गाउँपालिका ९ मुग्रीबेंसीबाट बिरामी बोकेर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा भएको बिरामीको मृत्यु भएको छ । मुग्रीबेंसीकी ८३ वर्षीया गोमा अधिकारीको मृत्यु भएको हो।

पहिरो खसेर घाइते एम्बुलेन्स चालक सुवास अधिकारीको पोखरामा उपचार भइरहेको जिल्ला प्रहरी कास्कीले जनाएको छ । निर्माणााधिन मध्यपहाडी राजमार्ग गुडिरहेको एम्बुलेन्समा खहरे खोलामा आएको लेदोसहितको पहिरोको बाढी आएपछि चालक अधिकारी भागेर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ ।

Back to top button