
गोरखा । गोरखामा पहिरोले घर पुरिएर एक दम्पतिको गएराती सुतेकै अवस्थामा मृत्यु भएको छ । सिरानचोक गाउँपालिका ७ का ८६ वर्षीय रमन पाण्डे र उहाँकी पत्नी ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको हो ।
घर पुरिएको थाहा पाएपछि प्रहरी स्थानीयवासीले बिहान १० बजे दुबै जनाको शव निकालेको जिल्ला प्रहरी गोरखाले जनाएको छ ।