
विराटनगर । प्रदेश १ मा आज ५८० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २६४ महिला र ३१६ जना पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६४ हजार ७४३ पुगेको छ ।
प्रदेश १ मा आज ५२३ जना कोरोना संक्रमित थपिएका छन् । यस प्रदेशमा आज ५७५ जनाको पिसिआर परीक्षण गर्दा २७१ र ९०८ जनाको एन्टिजेन परीक्षण गर्दा २५२ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रलायले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या पिसिआर परीक्षणमा ७२ हजार ७२६ र एन्टिजेन परीक्षणमा १८ हजार ७७४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ७२२ रहेको छ ।