लागूऔषधसहित पक्राउ

सुनसरी । धरान उपमहानगरपालिका ११ नगरकोटमा कोठा भाडा लिएर बस्दै आएका एक युवालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ । सप्तरी अग्नीसाइर कृष्णसवरन ४ घर भई कोठा भाडा लिएर बस्दै आएका २० वर्षीय सत्यम दासलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले दासको कोठामा लुकाइछिपाइ राखेको अवस्थामा सेटाडोल ३९० र स्पासपैन ३९० क्याप्सुल बरामद भएको जिल्ला प्रहरी कार्याल्य सुनसरीले जनाएको छ ।

Back to top button