
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको संयुक्त वक्तव्य मस्यौदाका लागि कार्यदल ब्युँताइएको छ । भीम रावलले अध्यक्ष ओलीसँग भेटेपछि ओली पक्षका संयोजक सुवास नेम्वाङ र माधव नेपाल पक्षका संयोजक भीम रावल रहनुभएको हो ।
ओली पक्षबाट कार्यदलमा विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवाली र नेपाल पक्षबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट रहनुभएको छ ।
सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको बहस सकिएपछि कार्यदल ब्युँताइएको छ । यसले राजनीतिक महत्व राख्ने देखिएको छ ।