
विराटनगर । प्रदेश १ मा आज ६३९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३०८ महिला र ३३१ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६६ हजार ७९७ पुगेको छ ।
प्रदेश १ मा आज ७२८ जना कोरोना संक्रमित थपिएका छन् । यस प्रदेशमा १ हजार १९० जनाको पिसिआर परीक्षण गर्दा ४०३ र ९४६ जनाको एन्टिजेन परीक्षण गर्दा ३२५ जननामा संक्रमण पुष्टि भएको हो ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या पिसिआर परीक्षणमा ७३ हजार ८०० र एन्टिजेन परीक्षणमा १९ हजार ६ सय ५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय रहेको मन्त्रालयले जनाएको छ ।