![](https://sunauloonline.com/wp-content/uploads/2021/07/211957657_991312791702136_6420899212295734304_n.jpg)
इटहरी । गैर आवासीय नेपाली संघले इटहरी अस्पताललाई दुई थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । इटहरी अस्पतालमा आज आयोजित एक कार्यक्रमका बीच संघले अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको हो ।
इटहरी अस्पतालका मेडिकल सुपरिडेन्ट डा योगेश चेम्जोङ्गले महामारीको यो समयमा एनआरएनएले इटहरी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।