सर्वोच्चको आदेश जेसुकै आए पनि मुलुक निर्वाचनमा जान्छ : सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सर्वोच्चको आदेश जस्तोसुकै आए पनि मुलुक निर्वाचनमा जाने निश्चित भएको बताउनुभएको छ ।

आफ्ना निकट नेता तथा कार्यकत्र्तालाई पार्टीको १४ औं महाधिवेशन र मुलुकको वर्तमान राजनीतिको विषयमा छलफलका क्रममा नेता सिटौलाले अदालतको जस्तोसुकै आदेश आएपनि मुलुकको राजनीति चुनावतिर अग्रसर भएको बताउनुभएको हो ।

कांग्रेसले महाधिवेशनसँगै चुनावी तयारीमा जुट्नुपर्ने सिटौलाको धारणा थियो । अदालतले प्रतिनिधिसभा विघटन सदर गरेको अवस्थामा मुलुक सोझै निर्वाचनमा जाने र देउवालाई प्रधानमन्त्री घोषणा गरे विश्वासको मत निश्चित नदेखिएकाले वैकल्पिक सरकार गठनमा बाधा पुगेर निर्वाचनमा जानुको विकल्प नभएको उहाँको भनाई थियो ।

Back to top button