भेरोसेल खोप ल्याउन आज नेपाल एयरलायन्सको वाइडबडी बेइजिङ जाँदै

काठमाडौं । नेपाल सरकारले जिटुजी मार्फत खरिद गर्न लागेको चीनको सिनोफार्म कम्पनीको भेरोसेल खोप लिन आज साँझ नेपाल एयरलायन्सको वाइडबडी विमान ए–३३० बेइजिङ जान लागेको छ । वाइडबडीले भोली बिहान खोप नेपाल ल्याइसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कति खोप आउने बारेमा मन्त्रालयले अहिले तथ्यांक सार्वजनिक गरेको छैन । दोस्रो खेप खोप साउन १ र तेस्रो खेप खोप ल्याउन साउन ८ गते ल्याउने कार्यतालिका रहेको छ । खोप आएपछि ६० वर्षमुनिका सक्रीय उमेर समूहलाई लगाउने सरकारी तयारी छ ।

हालसम्ममा ८ लाख ५१ हजार ३०० जनालाई दुबै मात्रा खखोप लगाइसकेको छ भने २६ लाख ११ हजार ८०७ जनालाई दोस्रो मात्रा खोप लगाउन बाँकी छ । सरकारले १८ वर्षमाथि उमेर समूहका २ करोड २० लाख जनसंख्यालाई खोप लगाउने लक्ष्य लिइएको छ ।

Back to top button