साउन १० भित्र पार्टी सदस्यता नविकरण गरिसक्ने एमाले मोरङको निर्णय

विराटनगर । नेकपा एमाले मोरङले साउन १० गतेभित्र सवै पार्टी सदस्यहरुलाई सदस्यता नविकरण गरिसक्न निर्देशन गरेको छ । नेकपा एमाले मोरङको संगठन विभागको हिजो बसेको वैठकले जिल्लाका सवै पालिका कमिटीहरुलाई यस्तो निर्देशन गरेको हो ।

संगठन विभाग प्रमुख महेश भट्टराईको अध्यक्षतामा बसेको वैठकमा केन्द्रिय सर्कुलरको समेत जानकारी गराउँदै नेकपा एमालेका मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले निर्धारीत समयभित्र सदस्यता नविकरण तथा अधिवेशनहरु सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

पालिका कमिटीका अध्यक्ष र सचिवहरुसमेतको सहभागिता रहेको वैठकले पार्टी सदस्यता नविकरण साउनको १० गतेभित्र जिल्ला पार्टी कार्यालयमा बुझाउन निर्देशन दिएको हो । यस्तै भदौं ५ गते मोरङका १५९ वटै वडा कमिटीको र भदौं १५ गते १७ वटै पालिका कमिटीहरुको अधिवेशन गर्ने निर्णय गरेको छ ।

पार्टी सदस्यहरुको अभिलेखिकरण गरि सदस्यता परिचयपत्र साउन मसान्तभित्र वितरण गरिसक्ने निर्णय भएको नेकपा एमालेका स्कुल विभाग प्रमुख रुपेश खतिवडाले जानकारी दिनुभएको छ । यसैगरि आगामी तीनै तहका निर्वाचनको तयारीमा समेत जुट्ने वैठकले निर्णय गरेको छ ।

Back to top button