एमालेको कार्यदल बैठक साँझ पुनः बस्ने गरी स्थगित

काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक सिंहदरबारमा केहीबेर बसेर दुबै पक्षले आन्तरिक तयारीका लागि साँझ ७ बजेसम्मका लागि स्थगित गरेको छ । कार्यदलले आजै निष्कर्षमा पुग्ने गरी साँझको बैठक बस्ने तयारीमा लागेको कार्यदलका एक नेताले बताउनुभयो ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच हिजो औपचारिक रुपमा साकारात्मक वार्ता भएपछि आज कार्यदलको बैठक बसेको थियो ।

Back to top button