देउवाले समायोजनको नाममा पार्टी कब्जा गर्न खोजेको पौडेल पक्षका नेताहरुको आरोप

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले सभापति शेरबहादुर देउवाले पार्टी समायोजनको नाममा पार्टी कब्जा गर्न खोजेको आरेप लगाएका छन् ।

पौडेल पक्षका नेताहरूको आज बसेको बैठकले जिल्लाहरुमा अन्य पार्टीबाट आएको भन्दै जथाभावी क्रियाशील सदस्यता वितरण गरेर पार्टी कब्जा गर्न खोजेको आरोप लगाएका हुन् ।

समायोजनका नाममा आएका क्रियाशील सदस्यताको विवादबारे समायोजन र क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरूसँग वरिष्ठ नेता पौडेल लगायतले आज छलफल गरेका थिए ।

अनुपम फुडल्याण्डमा भएको छलफलमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू अर्जुननरसिंह केसी, डा. रामशरण महत, डा. मिनेन्द रिजाललगायतको उपस्थिति रहेको थियो ।

Back to top button