अलपत्र किशोरीको उद्धार

पथरीशनिश्चरे । पथरीशनिश्चरे नगरपालिका ७ किर्तिपुरमा विगत ३ वर्षदेखि अलपत्र अवस्थामा रहेकी एक किशोरीको आज नगरपालिका कार्यालयले उद्धार गरी संरक्षण तथा उपचारका लागि ओरेक नेपाल विराटनगर पठाएको छ ।

नगर उपप्रमुख यमुना विष्ट बस्तोला, महिला तथा वालवालिका शाखा प्रमुख गीता कट्टेलसहितको टोलीले १६ वर्षीया किशोरीको उद्धार गरेको हो । उद्धारपछि किशोरीलाई उपचारपछि विराटनगर पठाएको उपप्रमुख बास्तोलाले बताउनुभयो ।

भारतको नयाँदिल्लीमा काम गरी नेपाल फर्किएको अवस्थामा उनका बुवा अर्जुन थापालाई प्रहरीले पक्राउ गरी भारततर्फ लगेको र सानी आमाले समेत अर्को विवाह गरेपछि वेसहारा वनेकी किशोरी विगत ३ वर्षदेखि स्थानीय वमत लिम्बूको घरमा आश्रय लिएर बस्नुभएको थियो । उहाँलाई जबरजस्ती वालविवाहको प्रयास भएपछि लिम्बूको आश्रयमा बस्नुभएको थियो ।

नगरपालिकाले यसअघि वडा नम्बर २ मा रहेकी पिडीत महिला र उनकी छोरीको यसैगरी उद्धार गरी संरक्षण तथा उपचारका लागि माइती नेपाल विराटनगरमा पठाएको थियो ।

Back to top button