अन्ततः एमाले फुट्नबाट जोगियो, कार्यदलमा १० बुंदे सहमति(पूर्णपाठ)

काठमाडौं । नेकपा एमाले अन्ततः फुट्नबाट जोगिएको छ । पार्टीभित्रको विवाद मिलाउन ब्यूँताइएको कार्यदलबीच हिजो १० बुंदे सहमति भएर एमाले फुट्नबाट जोगिएको हो ।

सहमतिले पार्टी जेठ २ को अवस्थामा फर्केको कार्यदलका एक नेताले बताउनुभयो । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुबै पक्षले एक अर्का समूहलाई गरेको कारबाही स्वतः खारेज हुने सहमति भएको हो । सहमतिमा माओवादीबाट आएका नेताहरुलाई सुरक्षित राख्ने उल्लेख छ ।

प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा एकताको मर्म अनुरुप अघि बढ्ने सहमति भएको छ ।

Back to top button