
सुर्खेत । नेपाल सरकारको असारे विकासको रोग प्रदेशमा पनि सरेको छ । कर्णाली प्रदेश सरकारले असार महिनाको २५ दिनमा ७ अर्ब बजेट खर्चेर असारे विकास गरेको हो ।
चालु आर्थिक वर्षको कुल ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बजेटमध्ये असार महिनाको २५ गतेसम्ममा १६ अर्ब ८२ करोड ७९ लाख खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ । प्रदेश सरकारले जेठसम्ममा ९ अर्ब ७ करोड ९२ लाख ६२ हजार एक सय ६६ रुपैयाँ खर्च गरेको थियो ।
प्रदेश सरकारले चालु आबको चालुतर्फ ४९ दशमलव २५ र पुँजीगततर्फ ५० दशमलव ३४ प्रतिशत खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।