
काठमाडौं । ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गर्नका लागि अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेका भारतीय कम्पनी सतजल विद्युत् निगमसँग समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र सतलज विद्युत् निगमका अध्यक्ष नन्दलाल शर्माले हस्ताक्षर गर्नुभएको हो ।
अर्धजलाशयुक्त प्रकृतिको आयोजनाको कूल लागत १३०० मिलियन अमेरिकी डलर हुनेछ । दुई वर्षभित्रमा विस्तृत परियोजना प्रतिवेदन तयार गरी ४ वर्षमा निर्माण गर्नुपर्ने हुनेछ ।