
काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि विकसित राजनितिक घटनाक्रमका कारण सत्ताबाट बाहिरिदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा विशेष सम्बोधन गर्नेहुनु भएको छ ।
अहिले दिउँसो २ बजे ओलीले सम्बोधन गर्नुहुने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले बताउनु भएको छ ।
सर्वोच्च अदालतले हिजो संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो ।