प्रधानमन्त्रीमा देउवालाई सर्वोच्च अदालतको परमादेश अनुसार नियुक्त गरेको राष्ट्रपतिको पत्रले विवाद

संविधानको धारा ७६(५) अनुसार नियुक्त नगरे प्रधानमन्त्रीमा सपथ नलिने देउवाको अडान

काठमाडौं । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तमा सर्वोच्चको परमादेश अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको उल्लेख गरेकोले विवाद सुरु भएको छ । देउवाले संविधानको धारा ७६ (५) अनुसार नियुक्त नगरे प्रधानमन्त्रीमा सपथ नलिने अडानमा हुनुहुन्छ ।

नियुक्तिको विवादको विषयमा देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र माओवादी केन्द्रका देब गुरुङले सितल निवासमै छलफलमा जुट्नुभएको छ ।

देउवाले ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँणससहितको तीन सदस्यीय मन्त्री परिषद गठन गरेको छ । माओवादीले जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्रिमण्डलमा पठाउने निर्णय गरेको छ भने जसपाले भोली मात्रै निर्णय गर्ने जनाएको छ ।

Back to top button