
विराटनगर । कांग्रेस सभापति शेरबहादुर देउवाले आज ५ औं पटक प्रधानमन्त्रीमा पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।
कांग्रेसका बालकृष्ण खाँण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिला माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसालले जलस्रोत तथा उर्जा मन्त्रीमा सपथ ग्रहण गर्नुभएको हो ।
उहाँहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराउनुभयो ।