कांग्रेस पदाधिकारी वैठक आजलाई स्थगित

काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ। प्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाको व्यस्तता बढेपछि बैठक एक दिन पछि सारिएको हो । बैठकका लागि भोलि दिउँसो २ बजेको समय तोकिएको छ ।

१४ औं महाधिवेशन र क्रियाशील सदस्यताबारे देखिएका विवादबारे छलफल गर्न बैठक बस्न लागेको हो । यस्तै बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरुका बिषयमा पनि छलफल हुने बताइएको छ ।

Back to top button