स्वास्थ्यकर्मीले अझै पाएनन् जोखिम भत्ता

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्रालयले कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा काम गरेका २४ जना स्वास्थ्यकर्मीलाई अझै जोखिम भता दिएका छैनन् । कोरोना संक्रमणको पहिलो लहरमा नै उपचार केन्द्रमा काम गरेका उनीहरुले जोखिम भता पाउन सकेका छैनन् ।

उपचार केन्द्रमा २०७७ भदौ २१ गतेदेखि फाल्गुन २० गतेसम्म काम गरेका हेल्थ अशिस्टेन्ट दिलिप सिंहले ६ महिना काम गर्दा सामाजिक विकास मन्त्रालयले २ महिनाको मात्रै जोखिम भता दिएको गुनासो पोख्नुभएको छ ।

‘मन्त्रालयले आज भोली भन्दै हालसम्म जोखिम भता दिएको छैन,’ उहाँले भन्नुभयो, ‘सुरुमा जोखिम भता दिने भन्दै आएको मन्त्रालयले पछिल्लो समय संघीय सरकारले २ महिनाको मात्रै दिने व्यवस्था गरेकोले बा“की ४ महिनाको दिन नमिल्ने भन्न थालेको छ ।’ जोखिम भता नपाउनेमा ८ जना मेडिकल अधिकृत, ८ जना हेल्थ अशिस्टेन्ट र ८ जना स्टाफ नर्स छन् ।

मन्त्रालयले कोरोनाको पहिलो लहरमा काम गर्ने स्वास्थ्यकर्मीलाई नै दोस्रो लहरमा प्राथमिकता दिएर भर्ना गर्ने सहमति विपरित ५ जना हेल्थ अशिस्टेन्टलाई भर्ना नलिएको सिंहले गुनासो पोख्नुभयो ।

सामाजिक विकास मन्त्रालयका सचिव गोबिन्दबहादुर कार्कीले स्वास्थ्यकर्मीलाई सुरुमा दुई महिना जोखिम भता दिएको तर कातिक महिनादेखि संघीय सरकारले जोखिम भता कटौति गरेकोले नदिएको बताउनुभएको छ । संघीय सरकारले कटौति गरेको जोखिम भता प्रदेश सरकारले दिन नमिल्ने भएकाले मात्रै नदिएको उहाँले प्रष्ट पार्नुभयो ।

५ जना हेल्थ अशिस्टेन्टलाई भर्ना नलिएको सम्बन्धमा सचिव कार्कीले सुरुमा १÷२ जना कोरोना संक्रमित बिरामी उपचार केन्द्रमा भर्ना हुँदा ३ जना हेल्थ अशिस्टेन्टलाई भर्ना गरेर काममा लगाएको कार्कीले बताउनुभयो । तर पछि ह्वात्तै संक्रमित बढेपछि प्रदेश सरकारको नीतिगत निर्णय अनुसार विद्यालयमा कार्यरत नर्सहरुलाई काममा लगाएकोले अन्य स्वास्थ्यकर्मी भर्ना गर्न आवश्यक नभएको उहाँले बताउनुभयो ।

Back to top button