नेकपा एमालेको केन्द्रीय समिति बैठक सोमबार बस्ने, भोलीको स्थायी समितिले एजेण्डा तय गर्ने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । सर्वोच्च अदालतको आदेश आएपछि बस्ने भनिएको केन्द्रीय समितिको बैठक सोमबार बस्न लागेको हो ।

पछिल्लो राजनितिक घटनाक्रमका कारण धकेलिएको केन्द्रीय समितिको वैठकको एजेण्डा तय गर्न भने भोली स्थायी समितिको बैठक बस्ने भएको छ । भोली विहान ११ बजेका लागि स्थायी समिति वैठक बोलाइएको नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

यसअघि एमालेको असार १८ र १९ मा बसेको केन्द्रीय कमिटी बैठकले पार्टी एकताका पक्षमा उभिन माधव नेपाल समूहलाई शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको समर्थन फिर्ता लिन अल्टिमेटम दिएको थियो । तर त्यस अवधिमा देउवालाई दिएको समर्थन फिर्ता भएन र एमालेको सरकार सर्वोच्च अदालतको परमादेशबाट विस्थापित भइसकेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले अदालतको फैसला आएको भोलिपल्ट केन्द्रीय कमिटी बैठक बस्ने भने पनि पार्टी एकताको लागि प्रयास गर्ने भन्दै रोकिएको थियो ।

अबको केन्द्रीय कमिटी बैठकले दश बुँदे सम्झौतालाई अनुमोदन गर्दै देउवा सरकारलाई विश्वासको मत नदिन सबै सांसदलाई निर्देशन दिने सम्भावना छ ।

Back to top button