दाहाल-नेपाल बिच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ ।

प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वर पुग्नुभएको हो । उहाँहरुबिच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भइरहेको बताइएको छ ।

स्रोतका अनुसार भोलि प्रतिनिधिसभा बैठक बस्ने लागेकाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारमा सहभागिताको विषयमा समेत छलफल भइरहेको स्रोतले जानकारी दिएको छ ।

यस्तै प्रधनमन्त्री देउवालाई विश्वासको मत दिने बिषयमा पनि छलफल भएको छ । नेता नेपालकै निर्णायक भूमिकाबाट एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमन भई देउवा प्रधानमन्त्री बन्नुभएको हो ।

त्यसैले देउवा र प्रचण्ड नेपाल समूहलाई हरसम्भव सरकारमा लैजाने तयारीमा जुटेको छ ।

Back to top button