एमाले स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं । केन्द्रीय कमिटी बैठकका लागि कार्यसूची तय गर्न नेकपा एमाले स्थायी कमिटी बैठक आज तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्दै छ ।

स्थायी कमिटी बस्ने पूर्व सन्ध्यामा हिजो कार्यदलका नेताहरुले सिंहदरबारमा छलफल गरेर पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्नुभएको थियो । उहाँहरुले दुबै नेतालाई संवादहिनता तोड्न आग्रह गर्नुभएको थियो ।

नेपाल समूहका नेताहरुले माधवकुमार नेपालको सहमतिमा बैठक बोलाउन गरेका थिए । सहमति नै नगरी बोलाइएको आजको बैठकमा नेता नेपाल समूहलाई बोलाएकाले सहभागिता नजनाउने एक नेताले बताउनुभयो ।

Back to top button