प्रदेश १ मा ३०८ संक्रमणमुक्त, २५२ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ३०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६९ महिला र १३९ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७१ हजार १६१ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २५२ जना कोरोना संक्रमित थपिएका छन् । ९७२ जनाको पीसीआर परीक्षण गर्दा ११४ महिला र १३८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मन्त्रालयका अनुसार झापामा ८७, मोरङमा ६७, सुनसरीमा ६४, धनकुटामा ७, इलाम, तेह्रथुम र उदयपुरमा ४–४, पाँचथर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण पुष्टि भएको छ ।

झापाको दमकमा २४, विर्तामोडमा १६, कनकाईमा १३, अर्जुनधारामा ९, मेचीनगरमा ७, शिवसताक्षी र भद्रपुरमा ५–५, कमल गाउँपालिकामा ३, बुद्धशान्तिमा २, हल्दिबारी, गौरादह र झापा गाउँपालिकामा १–१, मोरङको विराटनगरमा २९, उर्लाबारीमा १४, सुन्दरहरैचामा १०, पथरीशनिश्चरेमा ४, रंगेलीमा ३, बेलबारीमा २, बुढीगंगा, केराबारी, लेटाङ, कानेपोखरी र रतुवामाईमा १–१, सुनसरीको इटहरीमा ४९, धरानमा ५, रामधुनी र बराहक्षेत्रमा ४–४, दुहवीमा ३, धनकुटाको साँघुरीगढीमा ५, धनकुटा नगरपालिकामा २, इलामको इलाम नगरपालिका, माई, देउमाई र रोङमा १–१, तेह्रथुमको मेन्छेयायेममा २, म्याङलुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको चौदण्डीगढीमा २, त्रियुगा र बेलकामा १–१, पाँचथरको फिदिममा १, भोजपुरको षडानन्दमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७८ हजार १८९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ५७२ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Back to top button