देउवा सत्ता समीकरणको खेलमा : ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतको परमादेशले पुनःस्थापित प्रतिनिधिसभाले सत्ता समीकरणको खेलमा लाग्नुभएको प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताउनुभएको छ ।

पटक–पटक प्रधानमन्त्रीहरुलाई समर्थन गरे पनि जसपाले उठाएका माग पूरा नभएको ठाकुरले गुनासो पोख्नुभयो । ‘हामी मत त दिन्छौं तर उत्पीडितले केही पाउँदैन । प्रधानमन्त्री त परमादेशले नै बनेको हो जनताको आदेशले होइन’, ठाकुरले भने, ‘देशमा राजनीतिक अस्थिरता बढ्नुको मुख्य जड नै संविधान हो ।’

प्रधानमन्त्री देउवाले पत्र पठाएर समर्थन मागेको र माग पूरा गर्ने वचन दिएकोले विश्वासको मत दिने निर्णय गरेको ठाकुरले बताउनुभयो । नागरिकताको विषयमा अघिल्लो सरकारले सकरात्मक काम गरेको भन्दै ठाकुरले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद पनि दिनुभयो ।

Back to top button