तत्कालिन प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई संसद विघटन गर्न बाध्य पार्नुभयो : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई संसद विघटन गर्न २ बजे राती बाध्य पार्नु भएको बताउनुभयो । ओली जीले राष्ट्रपतिलाई सुत्न नदिई राती २ बजे संसद विघटन गर्न लगाउनु उचित नभएको उहाँले बताउनुभयो ।

सबै कुरा जेल हाल्दैमा समाधान नहुने भएकाले रेशम चौधरीलगायतका व्यक्तिका मुद्दाहरुलाई सम्बोधन गर्न सकिने प्रधानमन्त्री देउवाले बताउनुभयो । उहाँले संविधान अनुसार गर्न सकिने काम गर्न आफू तयार रहेको बताउनुभयो । विश्वासको मत दिने पार्टी र सांसदलाई उहाँले धन्यवाद ज्ञापन गर्नुभयो ।

Back to top button