जोनसोन एण्ड जोनसनको खोप काठमाडौं आजबाट लगाउन सुरु

काठमाडौं । नेपाल सरकारले अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोनाविरुद्धको एक मात्रा खोप आजदेखि काठमाडौंमा लगाउन सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अमेरिकाबाट आएको १५ लाख ३४ हजार भाइल खोप आजदेखि साउन ६ गतेसम्म ५० देखि ५४ वर्ष उमेर समूहकालाई लगाउने जनाएको छ ।

काठमाडौंका १८ वटा अस्पताल र स्थानीय तहका खोप केन्द्रहरु गरी ४४ स्थानबाट खोप दिइने मन्त्रालयले जनाएको हो ।

Back to top button