डा. रोशन पोखरेलसहित तीन जना सचिवमा बढुवा

काठमाडौं । सरकारले डा. रोशन पोखरेलले स्वास्थ्य सचिवमा नियुक्त गरेको छ । पोखरेलसहित तीन जना सहसचिवलाई सचिवमा बढुवा गर्दै सरकारले जिम्मेबारी तोक्ने निर्णय गरेको हो ।

प्रशासनतर्फ किरणराज शर्मा र डा. रामप्रसाद घिमिरे र प्राविधिकतर्फ डा. पोखरेललाई बढुवा समितिको सिफारिसमा सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।

सचिवमा बढुवा भएसँगै लामो समय देखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको प्राविधिक सचिवमा पोखरेललाई बैठकले नियुक्त गर्ने निर्णय गरेको छ । ओली सरकारले कोरोनाकालमा प्रशासनको सचिवलाई स्वास्थ्य मन्त्रालयको जिम्मेबारी दिएकोले आलोचना हुँदै आएको थियो ।

Back to top button