
काठमाडौं । कार्यदलले गरेको १० बुंदे सहमति कार्यान्वयन गरी पार्टी एकताका लागि प्रयास जारी राख्ने भन्दै नेकपा एमालेको केन्द्रिय कमिटीको दोस्रो दिनको बैठक सकिएको छ ।
हिजोको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जनालाई सोधिएको स्पष्टीकरणको जवाफ नआउँदा पनि त्यस विषयमा कुनै निर्णय नलिई एकता प्रयास जारी राख्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताउनुभयो । अर्को बैठक बुधबार ३ बजे बस्नेछ ।