![](https://sunauloonline.com/wp-content/uploads/2021/06/madhab-kumar-nepal-1.jpg)
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षको पार्टी फुटाउने बारे निर्णायक बैठक भोली बोलाइएको छ । बैठकमा नेपाल पक्षका प्रधानमन्त्री शेरबहादुर देउवालाई भोट दिने, नदिने र एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका देउवालाई भोट दिने ८ जनालाई बैठकमा बोलाएको हो ।
भोलीको बैठकले एमालेको भविष्य निर्धारण गर्ने एक नेताले बताउनुभयो । भोलीको बैठकले पार्टी फुटाउने निर्णय गर्नका लागि देउवालाई भोट दिने २२ जना सांसदहरुसँग नेपाल पक्षका नेताहरु छलफल गरिरहेको एक नेताले बताउनुभयो ।