राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बकर इदको शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा (बकर इद) को अवसरमा शुभकामना दिदै यो पर्वले सामाजिक विविधताभित्रको सुदृढ एकताले राष्ट्रिय भावनालाई अझ बलियो बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

‘स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम समुदायमा सुख, शान्ति, समृद्धि तथा दीर्घायुका लागि शुभकामना व्यक्त गर्दछु,’ राष्ट्रपति भण्डारीले जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ, ‘आपसी रीस, राग र द्वेषलाई बिर्सेर एकापसमा सदभाव कायम राख्दै हर्सोउल्लासका साथ मनाउने यो पर्वले सबैलाई खुशीयाली र शान्ति प्रदान गरुन् ।’

विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण एवं संवर्द्धनका साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि गर्न यो पर्व अहम् योगदान रहने उहाँले बताउनुभएको छ ।

Back to top button